असोज १४ । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेको छ। पेरिसमा मंगलबार राति भएको खेलमा स्विडेनका मिकेल एमेरलाई पराजित गर्दै जोकोभिच दोस्रो चरणमा पुगेका हुन्।
विश्व नम्बर एक जोकोभिचले एमेरमाथि ६-०,६-२ र ६-३ को सेटमा जित निकाले। युएस ओपनको अन्तिम १६ बाट बाहिरिएका जोकोभिचले बिना वरीयताका खेलाडीमाथि सहज जित निकालेका हुन्।
अन्तिम १६ अन्तर्गत स्पेनिस खेलाडी पाब्लो बुस्टाविरुद्धको खेलमा लाइन जजलाई बलले हिर्काएपछि जोकोभिच अयोग्य हुँदै युएस ओपनबाट बाहिरिएका थिए।
अब जोकोभिचले दोस्रो चरणमा रिकार्ड्स बेरान्किससँग खेल्नेछन्। यस्तै ग्रिसका पाँचौ वरीयताका स्टेफानोसले पानी दोस्रो चरणमा स्थान बनाएका छन्।महिलातर्फ दोस्रो वरियताकी कारोलिना प्लिस्कोभाले दोस्रो चरणको यात्रा तय गरेकी छिन्। एजेन्सी
Facebook Comments


























