बुटवल, असोज १२ । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार राधा आचार्यको निर्माणाधीन घरमा प्लास्टर गर्ने क्रममा नांगो तारमा छुँदा दोगानाका ४० वर्षीय तारासिंह थारु घाइते भएका थिए।
करेन्ट लागेर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
Facebook Comments


























