काठमाडौं, असोज १२ । पछिल्लो २४ घण्टामा थप ७ सय ४२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।
यो सँगै नेपालमा ५४ हजार ६ सय ४० जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार १० हजार ८० जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ९ लाख ९८ हजार ४ सय ७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ६ हजार ३ सय १० जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १९ हजार ६ सय २४जना रहेको छ।
कुन प्रदेशमा कति संक्रमणमुक्त?
प्रदेश १ –५०२६
प्रदेश २– १३१७६
बाग्मती प्रदेश –१५२१५
गण्डकी प्रदेश –३२८५
प्रदेश ५ –८४६७
कर्णाली प्रदेशमा –२८५५
सुदूरपश्चिम प्रदेश- ६६१६
Facebook Comments


























