चितवन, असोज १२ । चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर महानगरपालिका वडा न–७ बस्ने ५५ वर्षीय संक्रमित पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा दिउँसो १ बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ।
ती पुरुषको केहि समय देखि मृगौला फेल भइ भरतपुर अस्पतालमा नियमित डायलायसिस हुँदै आएको थियो। उनमा असोज ४ गते कोभिड पुष्टि भएको थियो। खोकी र स्वासप्रवासमा समस्या भएपछि उनलाई असोज ७ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो।
स्वास्थ्य अवस्था थप जटिल हुदै गएपछि असोज ८ गते कोभिड आइसियूमा राखी उपचार गरिनुका साथै नियमित डायलायसिस समेत भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।
Facebook Comments


























