चितवन, असोज १२ । रत्ननगर नगरपालिकाका मेयर नारायण वन कोरोना संक्रमणमुक्त भएका छन्। उनको आज ( सोमवार) भरतपुर स्थित कोभिड-१९ प्रयोगशालामा गरिएको दोश्रो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो।
नगरबासीलाई कोरोना संक्रमणबाट जोगाउन सक्रिय रहेका वनलाई असोज १ गते कोरोना संक्रमण पुष्टि भएको थियो। होम आइसोलेसनमा रहेका मेयर वनले आयुर्वेद र सामान्य हेमोपेथिक औषधिको सेवन गरेर कोरोना संक्रमणमुक्त भएका हुन्। आफ्नो स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति आभार प्रकट गर्दै मेयर वनले कोरोनालाई सामान्य रुपमा लिन नहुने बताएकाछन्।
Facebook Comments

























