चितवन, असोज १२ । चितवनमा खसीबोका व्यवसायमा गिरावट आएको छ। गत वर्ष दसैं तिहार लक्षित गरेर खसीबोका ल्याउन व्यस्त हुने व्यवसायी यतिबेला फुर्सदिला बनेका छन्। कोभिड–१९ का कारण करिब ५ महिना बन्द भएका मासु पसल एक महिना पहिलेदेखि सञ्चालनमा आएपनि व्यापार नगण्य भएको गुनासो गरेका छन्।
खसीबोका मासु व्यवसायी संघका अनुसार यस वर्षको दसैं तिहारमा व्यापारमा भारी गिरावट हुने भएको छ। संघका अध्यक्ष उद्धवप्रसाद तिम्सिनाले व्यवसायीले थोरै मात्र खसीबोका ल्याउन लागेको बताए। संघका महासचिव गणेशप्रसाद कँडेलले यो वर्ष एक चौथाईमात्रै खपत हुने अनुमान गरिएको बताए । विगतका दसैंमा घटस्थापनादेखि पूर्णिमासम्मको अवधिमा मात्रै दैनिक एक हजार खसीबोका खपत हुँदै आएको थियो। होटल, पाटी प्यालेसमा ६ महिनासम्म बन्द भएपछि मासुको आधा व्यापारमा कमी आएको थियो।
Facebook Comments


























