मकवानपुर, असाेज १० । खोलाले बगाउँदा मकवानपुरमा ३ जनाले ज्यान गुमाएका छन्। शनिबार कैलाश गाउँपालिकाकाे विमिरे खाेलाले बगाउँदा स्थानीय साेम सिङतान (३८) काे मृत्यु भएकाे हाे। वडा नम्बर ५ का अध्यक्ष छेकु लामाका अनुसार बिहीबार खेतमा काम गर्न गएका सिङतानको शनिबार खोलामा शव भेटिएको हो। यसैगरी भीमफेदीको त्रिखण्डी मन्दिर नजिक खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा वीरगञ्ज घर भई हेटाैँडा बस्ने प्रियंका साेनी (१८)काे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
परिवारसहित मन्दिर गएका साेनीलाई नुहाउने क्रममा खाेलाले बताउँदा मृत्यु भएकाे उनले बताए। यस्तै शनिबार नै हेटौंडा १९ काे ज्यामिरे खोलामा एक महिलाको शव फेला परेको छ। आन्दाजी ४०-४५ बर्षीया महिलाको शव खोलामा फेला परेको प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार हालसम्म शवको पहिचान खुल्न सकेकाे छैन।


























