काठमाडौं, असोज १० । परराष्टमन्त्री प्रदीप ज्ञवालीको राजीनामा माग्दै सुर्खेतमा प्रदर्शन भएको छ। राष्ट्रिय एकता अभियानले सीमा मिचिएको विषयमा सरकारको तर्फबाट दिएको प्रष्टीकरण आपत्तिजन भन्दै राजीनामा मागसहित प्रदर्शन गरेको हो।
सुर्खेतको बीरेन्द्रनगरमा भएको प्रदर्शनमा सहभागीले सीमा अतिक्रमण बन्द गर, चिनियाँ बिस्तारवाद मुर्दावाद, हुम्लाको नेपाली भूमिबाट चिनियाँ फिर्ता जाउ, सोझो नेपालीसँग छलछाम बन्द गर लगायतका नारा लगाएका थिए । उनीहरुले ‘गो ब्याक चाइना’, नेपाल आमाको जय, राष्ट्रिय एकता अभियान जिन्दावादका नारा लगाएको स्थानीयले बताएका छन्।
प्रदर्शनमा उत्रिएका २ जना पक्राउ परेका छन्। हुम्ला जिल्लाको भूमि चीनले मिचेको विरोधमा राष्ट्रिय एकता अभियानले गरेको प्रदर्शनका क्रममा अभियानका दुई जना पक्राउ परेका हुन्। अभियन्ता लेखक गौतम र प्रवेश सुनुवारलाई प्रहरीले पक्राउ गरेको अभियानका केन्द्रीय संयोजक विनय यादवले जानकारी दिए।


























