असोज ९ । इन्डियन प्रिमियर लिग (आईपीएल) ले रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीलाई जरिवाना गरेको छ। आईपीएल अन्तर्गत बिहीबार राति किङ्स इलाभेन पन्जाबविरुद्धको खेलमा ‘स्लो ओभर’ गरेको भन्दै कोहलीलाई जरिवाना गरिएको हो ।
आईपीएलले कोहलीलाई १२ लाख भारु जरिवाना गरेको हो। पन्जाबविरुद्धको खेलमा बैंगलोर ९७ रनले पराजित भएको थियो। उक्त खेलमा कप्तान कोहलीले दुई वटा क्याच मिस गरेका थिए। कोहलीले केएल राहुलको दुई क्याच मिस गरेपछि पन्जाबले २ सय ६ रनको फराकिलो योगफल तयार गरेको थियो। राहुलले बैंगलोरविरुद्ध अविजित रहदै १ सय ३२ रनको शतकीय इनिङ्स खेलेका थिए।
Facebook Comments


























