काठमाडौं, असोज ९ । सत्तारुढ नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा ओली र प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन्।
यसअघि बिहीबार करिब ३ घण्टामा छलफलमा जुटेका उनीहरु शुक्रबार पनि मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक निकायमा पदपूर्ति गर्ने विषयमा छलफल भइरहेको हो। गत आइतबार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको मापदण्ड बनाउने जिम्मेवारी दिएपछि अध्यक्षद्वय प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड छलफलमा जुट्दै आएका छन्।
उनीहरुबीच सबै मन्त्री फेर्ने, दुई वर्ष पूरा भएकालाई हटाउने र राम्रा काम गरेकालाई निरन्तरता दिने लगायतका विकल्पमा छलफल भइरहेको छ। तर, हालसम्म ठोस निर्णय गर्न भने सकेका छैनन्।
Facebook Comments


























