बुटवल, असोज ८ । बुटवलको कोरोना अस्पतालमा उपचार गराइरहेका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोनाका कारण नवलपरासी पश्चिमका एक जना र कपिलवस्तुका एक जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ। उनीहरु दुवैजनालाई सात दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो।
नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–३ का ४९ वर्षीय पुरुषलाई गत भदौ २७ गते अस्पताल भर्ना गरिएको थियो। उनको बिहीवार बिहान ४ बजे मृत्यु भएको हो। उनी कलेजो र मिर्गौलाका दीर्घ रोगी समेत थिए।
यस्तै कपिलवस्तु बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको पनि मृत्यु भएको छ। असोज १ गते अस्पताल भर्ना भएका उनको बिहीवार बिहान ७ बजे मृत्यु भएको हो। उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले बताए।
Facebook Comments


























