जुम्ला, असोज ५ । जुम्लामा सत्याग्रहमा रहेका डा.गोविन्द केसी काठमाडौंका लागि प्रस्थान गरेका छन्। डा. केसीले त्यहाँबाट फर्किएर काठमाडौंमै सत्याग्रह सुरु गर्ने बताएपछि काठमाडौंका लागि प्रस्थान गरेका हुन्। सोमबार अपराह्न हेलिकोप्टरमार्फत् काठमाडौंका लागि हिँडिसकेका छन्।
उनले दुई वर्षअघि सत्याग्रहमा रहेका बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा राज्यले जसरी आतङ्क फैलाउँदै हिंसा र तोडफोड गरेको थियो त्यस्तै अवस्था फेरि आउन सक्ने भन्दै काठमाडौं फर्किएर सत्याग्रह थाल्ने बताएका छन्।
Facebook Comments


























