सल्यान, असोज ५ । बाढीपहिरोले सल्यानमा कृषि क्षेत्रमा मात्र १ करोड बढीको क्षति गरेको छ। साउन महिना यता बाढीपहिरोले कृषि क्षेत्रमा १ करोड २९ लाख २ सय ३२ रुपैयाँ बराबर क्षति भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। कार्यालयका अनुसार जिल्लाका ४ सय १५ किसान बाढीपहिरोको प्रत्यक्ष मारमा परेका छन्। बाढीपहिराले १ हजार ३ सय ४० क्षेत्रफल रोपनीमा क्षति भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिए।
साउन महिना यता ३ हजार ६ सय ९९ मुरी खाद्यन्न नष्ट भएको उनको भनाई छ। उनले भने, ‘कृषि तर्फ बालीनालीको उत्पादनको आधारमा १ करोड २९ लाख बढीको क्षति भएको अनुमान गरिएको छ।’
बाढी पहिरोले सबैभन्दा बढी बागचौर नगरपालिका, छत्रेश्वरी गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिकामा क्षति पुर्याएको छ। पहिरोले जिल्लाभर २९ हजार ३ सय ६३ विभिन्न बोट विरुवा नष्ट गरेको छ भने ५ सय ३० क्विन्टल आलु, अदुवा र तरकारीमा नष्ट भएको तथ्यांक आएको सूचना अधिकारी बस्नेतको भनाई छ।
जिल्लामा विपद्बाट क्षति पुगेका ६२ जनालाई राहत वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। आगलागी, बाढी पहिरो, चट्याङ लगायतका विपद्बाट क्षति भएका ६२ घरधुरीलाई ७० लाख ५ हजार राहत वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए। बाढीले बगाउँदा एक जना अझै वेपत्ता रहेका छन्। बनगाड कुपिण्डे नगरपालिकाको नाथेखोलामा पुल निमार्ण गर्ने फिल्ड सुपरभाइजर बनगाड खोलाले बगाउँदा वेपत्ता भएका हुन।
उच्च रक्तचाप र कलेजोसम्बन्धी दीर्घ रोग भएकी महिलालाई गत भदौ २९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ ३० गते मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको थियो। उनको शव व्यवस्थापनको तयारी भइरहेको छ। यससँगै प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको छ।


























