अबुजा, असोज ५ । महिला तथा बालिका माथि बलात्कारको बढ्दो घटनाका कारण आक्रान्त नाइजेरियामा कदुना प्रान्तको सरकारले बलात्कारीलाई सल्यक्रियाद्वारा नपुंसक बनाउने फैसला गरेको छ। कुनै अपराधीले १४ बर्ष भन्दा कम उमेरका बालिकामाथि उक्त कुकृत्य गरेको ठहरीएमा उनलाई फाँसी दिइने छ। सरकारले यस सम्बन्धमा ल्याइएको कानुनमा हस्ताक्षर गरेको छ।
कोरोना भाइरस प्रतिबन्दका कारण देशमा बलात्कारको घटनामा अत्यधिक बृद्धी भएको छ। यसले नागरिकहरुमा ब्यापक आक्रोस बढाएको छ। जनताको आक्रोसलाई ध्यानमा राख्दै राज्यका गभर्नरले आपतकालिन स्थितिको घोषणा गरेका छन्। यस गम्भिर अपराधबाट बच्चाहरुलाई जोगाउन अत्यन्त कडा कदम उठाउन आवश्यक भएको गभर्नर नसिर अहमद इल रुफइले बताए।
देशमा बृद्धी भइरहेको बलात्कारको घटनाका कारण महिला संगठनले बलात्कारीहरु माथि कठोर कारवाही गर्न माग गरेका छन्। उनीहरुले अफ्रिका महाद्विपमा यो सबैभन्दा धेरै आवादी भएको देशमा बलात्कारीहरुलाई मृत्युदण्ड दिनु पर्ने माग राखेका थिए। राज्यको नयाँ कानुनमा १४ बर्ष भन्दा बढी उमेरका महिलामाथि बलात्कार गर्ने बलात्कारीहरुलाई आजन्म कैदको सजायँ दिने ब्यवस्था गरिएको छ।
यतिमात्र होइन बलात्कारीलाई सल्यक्रिया गरी नपुंसक पनि बनाइने छ। यदि कुनै महिलाले १४ बर्ष भन्दा कम उमेरका बच्चालाई बलात्कार गरेमा उनीहरुको गर्भाशय निकालिने छ। केही दिन अघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि बलात्कारीहरुलाई फाँसी दिन सुझाव दिएको थियो। इमरानले बलात्कारीहरुलाई रासायनिक बंध्याकरण गर्न पनि सुझाव दिएका थिए।
इमरान खानले यौन दुब्यवहार गर्नेहरुको एक राष्ट्र्रिय पन्जिकरण बनाउन पनि आह्वान गरेको छ। पाकिस्तानी प्रधानमन्त्रीले एक टेलिभिजन च्यानलसँगको वार्तामा बलात्कारीहरुलाइ तत्काल रासायनिक बंध्याकरण गर्न आवश्यक भएको बताएका थिए। यदि त्यसतो हुन नसकेमा कम्तिमा बलात्कारीहरुलाई भविष्यमा पुन त्यसता यौन अपराध गर्न नसकिने गरि जबरजस्ती शल्यक्रिया गर्नु पर्ने उनले सुझाव दिएका थिए। एजेन्सी


























