काठमाडौं, असोज ४ । लुक्ला विमानस्थल उड्ने यात्रुले आफ्नो कोरोना परिक्षणको नेगेटिभ रिपोर्ट साथैमा लैजानुपर्ने भएको छ। कोरोना महामारी आफ्नो गाउँपालिकामा फैलन नदिन गाउँपालिकाले पीसिआर नेगेटिभ रिपोर्टको शर्त राखेको हो।
सोलुखुम्बुको खुम्बु क्षेत्रस्थित खुम्बु पासाङ ल्हामू गाउँपालिकाले सबै एयरलाइन्स कम्पनीलाई पत्र लेख्दै आफ्नो गाउँपालिका आउने सबै यात्रुको पीसीआर परीक्षणको रिपोर्ट चेकजाँच गरी नेगेटिभ आए मात्र उडान अनुमति दिने शर्त अघि सारेको हो। लुक्लामा तारा, सीता र समिट एयरले उडान भर्ने गर्छन्। यो प्रमुख पर्यटकिय स्थल पनि हो।
कोरोना भाइरसको महामारीकाबीच करीव ६ महिनापछि सोमबारबाट आन्तरिक उडान शुरु हुँदैछ। अन्तर्राष्ट्रिय हवाई उडानका क्रममा पीसीआर रिपोर्ट अनिवार्य गरिएको भएतापनि आन्तरीक उडानमा यस्ता शर्त राखिएको थिएन।
Facebook Comments


























