काठमाडौं, असोज ४ । प्रहरीले काठमाडौंको पेरिसडाँडाबाट आफूलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती दाबी गर्दै आएकी बालिका खड्कालाई नियन्त्रणमा लिएको छ। सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक चलिरहँदा पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा प्रवेश गर्न खोजेपछि प्रहरीले खड्कालाई नियन्त्रणमा लिएको बताएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरका अनुसार खड्काले केही नेताहरुलाई भेट्नुपर्ने भन्दै जबरजस्ती कार्यालयमा छिर्न खोजेपछि नियन्त्रणमा लिइएको हो। एसपी राठौरका अनुरार अहिले उनलाई महानगरीय प्रहरी प्रभाग, कोटेश्वरमा राखिएको छ।
Facebook Comments


























