मुम्बई, असोज ४ । दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार रजनीकान्त आजभोलि फिल्म ‘अन्नाथे’ का कारण चर्चामा छन्। फिल्ममा उनको शीर्ष भूमिका रहने फाइनल भइसकेको छ। प्रकाश राज र वेला राममूर्तीको समेत अभिनय रहने यो फिल्ममा बलिउड कलाकार ज्याकी श्राफको पनि अभिनय रहने जनाइएको छ।
फिल्ममा ज्याकी एक खतरनाक भिलेनका रुपमा देखिने चर्चा छ। खबरका अनुसार जनवरीभन्दा पहिले नै उनले यो फिल्मको छायांकन सक्नेछन्। फिल्मको कहानी गाउँको एक परिवारमा आधारित छ। पहिले यो फिल्म तिहारको अवसर पारेर रिलिज गरिने भनिएको थियो। कोरोना भाइरसले सिर्जना गरेको अवस्थाका कारण अब भने यो फिल्म सन् २०२१ मा रिलिज हुनेछ। फिल्मलाई शिवाले निर्देशन गर्दैछन्। एजेन्सी
Facebook Comments


























