काठमाडौं, असोज २ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट गएराति चार जना संदिग्ध व्यक्ति फरार भएका छन्। चोरीको घटनामा संलग्न भएको आशंकामा पक्राउ गरेर वृत्त कालिमाटी राखिएका उनीहरू फरार भएका हुन्।
फरार हुनेमा अनिल जैसवाल, आसु जैसवाल, सुजित गुप्ता र रवीन्द्र जैसवाल छन्। राती ड्युटीमा रहेको टोलीले उनीहरुलाई चोरीमा संलग्न रहेको हुनसक्ने आशंकामा पक्राउ परेर वृत्त कालिमाटी पुर्याएको थियो।
राती करिब ३ बजेतिर भागेकाहरुको खोजी भइरहेको वृत्तका डिएसपी अपिल बोहराले बताए। सोधपुछका लागि पक्राउ गरिए पनि म्याद थप नगरेको हिरासतमा समेत नराखेको अवस्थामा उनीहरुलाई थुनुवा भन्न नमिलने डिएसपी बोहराले बताए।
Facebook Comments


























