चितवन, असोज २ । रत्ननगर नगरपालिका वडा नं ४ देवौलीमा रहेको शिवशक्ति खाद्य उद्योगका ३० जना कामदार कोरोना संक्रमणमुक्त भएका छन्। हिजो (विहीवार) ४८ जनाको दोस्रो पटक पिसीआर परीक्षण गर्दा ३० जनाको रिपोर्ट नेगेटिभ आएको छ। उद्योगकै आइसोलेसनमा बसेर उनीहरु कोरोना संक्रमणमुक्त भएका हुन्।
कोरोना मुक्त भएका ३० जनालाई उद्योगको आइसोलेसनबाट घर पठाइएको वडाध्यक्ष रविन्द्र चौधरीले जानकारी दिए। नेगेटिभ आएको प्रमाणपत्र प्रदान गरी उनीहरुलाई घर पठाइएको उनले बताए। उद्योगका १८ जनाको दोश्रो वा तेश्रो रिपार्ट पनि पोजेटिभ आएको छ। दोश्रो वा तेश्रो रिपोर्ट पोजेटिभ आएका १८ जनालाई शनिवार देखि होम आइसोलेसनमा राख्ने तयारी गरिएको छ। कोरोना संक्रमण पुष्टि भएको एक महिना भएकाले होम आइसोलेसनमा बस्न मिल्ने रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेलले बताए।
Facebook Comments


























