असोज २ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को साधारण सभा बैठक आज (शुक्रबार) हुदैछ। विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण फिफाको साधारण सभा ‘भर्चुअल’ रुपमा पहिलो पटक सञ्चालन हुन लागेको हो। फिफाका सदस्य राष्ट्रका प्रतिनिधि ‘भर्चुअल’ माध्यमबाट साधारण सभामा जोडिनेछन्।
साधारण सभामा नेपालबाट एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा सहित, उपाध्यक्ष कृण्ण थापा र रविन्द्र जोशी सहभागी हुनेछ। साधारण सभा नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुनेछ। सभामा विभिन्न रिपोर्टहरु पेश गर्ने सहित विधान संशोधन, बजेट लगायतका एजेण्डा तय गरिएको छ।
कोरोनाका कारण भर्चुअल रुपमा फिफा कंग्रेस आयोजना गर्न लागिएको हो। कोरोनाका कारण विभिन्न अन्तराष्ट्रिय उडान प्रभावित भएको कारण देखाउँदै फिफाले यसअघिनै भर्चुअल साधारण सभा गर्ने निर्णय गरेको थियो।
Facebook Comments


























