काठमाडौं, असोज २ । शुक्रबार सुनको मूल्य प्रतितोला ९७ हजार तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९६ हजार ६०० मा कारोबार भएको थियो।
तेजाबी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँ बढेको छ। बिहीबार ९६ हजार १०० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९६ हजार ५०० तोकिएको छ। चाँदीको मूल्य पनि उकालो लागेको छ। बिहीबार एक हजार ३२० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ३३० तोकिएको छ।
Facebook Comments


























