काठमाडौं, असोज २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ। आजका लागि बोलाइएको बैठक आइबारसम्मका लागि स्थगित भएको हो।
शुक्रवार बिहान ११ बजे तत्कालीन माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बोलाइएको सचिवालय बैठक आइतवार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
‘हाम्रो पार्टीको आज बस्ने भनिएको केन्द्रीय सचिवालयको बैठक आज स्थगित भई पर्सि असोज ४ गते बिहान ११ बजे परिसडांडामा बस्ने तय भएको छ’, उनले भने।
Facebook Comments


























