काठमाडौं, असोज १ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्याह्न मन्त्रिपरिषद बैठक डाकेका छन्।
सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रस्तुत भएका कतिपय एजेण्डामा निर्णय गर्न १२ बजे मन्त्रिपरिषद बैठक बोलाइएको बताइएको छ।
बैठकमा यही असोज ३ गते संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूका लागि घोषणा गरिने विभूषणको नामावली टुंग्याउने तयारी छ।
यस्तै विभिन्न मुलुकमा रिक्त राजदूत पदपूर्तिको विषयसमेत टुंग्याउने तयारी भएको स्रोतले जनाएको छ।
Facebook Comments


























