काठमाडौं, भदौ ३१ । अभिनेत्री उषा रजक अस्पतात भर्ना भएकी छन्। सवारी दुर्घटनामा घाइते भएकी उनलाई मंगलबार साँझ नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। बुधबार राखिएको एक म्युजिक भिडियो छायाँकनका लागि पहिरन छनौट गरेर घर फर्किने क्रममा सानेपामा विपरित दिशाबाट आएको स्कूटरले उनी सवार स्कूटरलाई ठक्कर दिएको हो।
दुर्घटनापछि सामान्य उपचार गरेर घर फर्किएकी उनलाई साँझ असैह्य दुखाई भएपछि परिवारका सदस्यले अस्पताल पुर्याएका हुन्। उनको बाँया पट्टीको घुँडा र टाउकोमा चोट लागेको निर्देशक निर्देशक सुव्रत आचार्यले जानकारी दिए।
उषा बुधबार आचार्यकै निर्देशन रहने एक म्युजिक भिडियो अभिनय तयारीमा थिइन्। उनको दुर्घटना भएपछि भिडियोको छायाँकन रोकिएको छ।
Facebook Comments


























