काठमाडौं, भदौ ३१ । आज सुन चाँदीको मूल्य स्थिर छ।
मंगलबार सुन प्रतितोला ६ सयले बढेको थियो। आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार ९६ हजार ९ सय कायम भएको थियो। मंगलबार ९७ हजार ५०० मा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९७ हजार छ। त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला १,३४० कायम रहेको महासंघले जनाएको छ।
Facebook Comments


























