काठमाडौं, भदौ २९ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै कोरोना संक्रमितको संख्या ५२ हजार ३२९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्।
यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १५९ थियो।
नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेको छ।
पछिल्लो २४ घण्टामा थप ८७९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३९ हजार ५७६ पुगेको छ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
यसअघि शनिबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३७ हजार ५२४ थियो।
मन्त्रालयका अनुसार आइतबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४५ पुगेको थियो। पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३६० पुगेको छ।


























