काठमाडौं, भदौ २९ । सडक दुर्घटनामा परि घाईते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिंह भण्डारीको अवस्था सुधारोन्मुख देखिएको छ।
आईतबार राति धनगढीबाट महेन्द्रमगर जादै गरेको ट्रकको ठक्करबाट ललित सवार मोटर साईकल दुर्घटनामा परेको थियो।
उनलाई धनगढीको निसर्ग हस्पिटलमा राखेर उपचार गरिएको थियो। त्यहाँका चिकित्सकले थप उपचारका लागि ललितलाई नेपागञ्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरेका थिए।
उपचारमा संलग्न चिकित्सकले प्रराम्भिक रुपमा ललितको अवस्था चिन्ताजनक देखिएको बताएका थिए।
पारिवारिक स्रोतका अनुसार ललितको अवस्था सुधारोन्मुख छ। हात र खुट्टामा गम्भिर चोट लागेकाले शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन्।
‘चिकित्सकले दुवै हात र खुट्टामा शल्यक्रिया गर्नुपर्छ भन्नु भएको छ। शल्यक्रिया गर्ने समय टुङ्गो लागेको छैन।’ पारिवारिक स्रोतले बताएकोछ।
उनलाई अहिले नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा राखेप उपचार भईरहेको छ।
चोटकै कारण ललित पछिल्लो समय राष्ट्रिय टिमबाट बाहिर रहदै आएका थिए। विभागीय टिम पुलिसमा आबद्ध ललितले घरेलु क्रिकेटका विभिन्न फ्रेन्चाईज प्रतियोगिता खेलिरहेका थिए।


























