भदौ २९ । अस्ट्रेलियामा लकडाउन विरोधी प्रदर्शनमा सहभागी भएका ७० जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै लागु भएको लकडाउनको विरोधमा मेलबर्नमा प्रदर्शन भएको हो।
झण्डै २५० जना प्रदर्शनमा उत्रिएका थिए। त्यसमध्ये ७४ जना पक्राउ परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। धेरै प्रदर्शनकारीहरु आक्रोशित रुपमा प्रस्तुत भएको र सुरक्षा अधिकारीलाई हिंसाको चेतावनी दिएको प्रहरीले बताएको छ।
भिक्टोरिया राज्यमा जुलाईको सुरुदेखि लकडाउन लागु भएको छ। अहिले सो लकडाउन खुकुलो बनाउने तयारी भइरहेका बेला प्रदर्शन भएको हो।
अस्ट्रेलियामा भिक्टोरिया राज्य कोरोना भाइरस महामारीको इपिसेन्टर हो। कुल संक्रमित मध्ये ७५ प्रतिशत तथा ज्यान गुमाउने मध्ये ९० प्रतिशत भिक्टोरियाका छन्। एजेन्सी
Facebook Comments


























