काठमाडौं, भदौ २९ । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बढेर तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको हो।
यस्तै तेजावी सुन तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छ। यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा १३१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर १३२० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Facebook Comments


























