काठमाडौं, भदौ २९ । शंकर अधिकारी ‘घायल’को निर्देशन रहेको फिल्म ‘मदहोश’को ‘ए गगन रुक जा पवन’ सार्वजनिक भएको छ। निर्माण युनिटले फिल्मको पहिलो प्रचार सामाग्रीको रुपमा गीत बाहिर ल्याएको हो।
डि.एस.डिजिटल सिनेमाको ब्यानरमा निर्माण भएको फिल्मको गीतमा गायिका नित्या शिवा र गायक बाबुल गिरीको स्वर रहेको छ। बाबुल गिरीकै संगीत र शंकर अधिकारी घायलको शब्द रहेको गीतमा कलाकार दीपेन्द्र कोइराला र प्रियंका अधिकारीको प्रेमकथा देखाउन खोजिएको छ।
फिल्ममा राजु पौडेल, दीपेन्द्र कोइराला, प्रियंका अधिकारी, कसिस दाहाल, सन्तोष श्रेष्ठ, निलम काफ्ले लगायतको अभिनय रहेको छ। लेखन समेत निर्देशक अधिकारीकै रहेको गीतमा विक्रम कार्कीको छायाँकन, विश्वास भण्डारीको सम्पादन तथा राजु शाहको नृत्य रहेको छ।
Facebook Comments


























