चितवन, भदौ २९ । नारायणगढ–मुग्लिन सडक खण्ड अन्र्तगत खहरे पुलमा दुई वटा ट्रक ठोक्किएका छन्। सोमबार बिहान इच्छाकामना गाउँपालिका–५ मा भएको उक्त दुर्घटनामा ६ जना घाइते भएका छन्।
काठमाण्डुबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख २४२३ नम्बरको ट्रक र विपरीत दिशातर्फ गइरहेको ना ४ ख ८०११ नम्बरको ट्रक ठोक्किँदा ट्रकमा सवार ६ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ।
घाइतेहरूको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
Facebook Comments


























