भदौ २८ । अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले इटालियन ओपन टेनिस नखेल्ने भएकी छिन्।
खुट्टाको चोटको कारण सेरेनाले इटालियन ओपन गुमाउने भएकी हुन्।
यूएस ओपन टेनिसको दौरान बोकेको चोटका कारण सेरेनाले इटालियन ओपनबाट नाम फिर्ता लिएकी छिन्।
इटालीको रोममा शनिबारबाट इटालियन ओपन सुरु भईसकेको छ। इटालियन ओपनमा छनोट चरणका खेलहरु भईरहेको छ।
२४ पटकको ग्राण्डस्लाम विजेता सेरेनाले यूएस ओपनको सेमिफाइनल खेल दौरान चोट बोकेकी थिइन्।
सेमिफाइनलमा सेरेना बेलारुसकी भिक्टोरिया अजारेन्कासँग पराजित भएकी थिइन्।
तर, फाइनलमा अजारेन्कालाई हराएर जापानकी नाओमी ओसाकाले उपाधि जितेकी छिन्। एजेन्सी
Facebook Comments


























