भदौ २८ । नाओमी ओसाकाले यूएस ओपन टेनिसको उपाधि जितेकी छिन्।
बेलारुसियन खेलाडी भिक्टोरिया अजारेन्कालाई पराजित गर्दै ओसाकाले तेस्रो ग्रान्डस्लाम उपाधि जितेकी हुन्।
आइतबार बिहान भएको खेलमा जापानी खेलाडी ओसाकाले पहिलो सेट गुमाएपनि लगातार दुई सेटमा जित निकाल्दै उपाधिमाथि कब्जा गरिन्।
उनले १–६, ६–३ र ६–३ को सेटमा जित निकालेकी हुन्।
उनले सन् २०१८ को यूएस ओपन र सन् २०१९ को अष्ट्रेलियन ओपन टेनिस जितेकी थिईन्। उनले फाइनल पुगेका सबै ग्रास्डस्लाम जित्ने कीर्तिमान कायम गरेकी छिन्।
ओसाकाले अजारेन्कालाई ठट्टा गर्दै भनिन्, ‘म तपाईसंग कुनैपनि फाइनलमा खेल्न चाहदिन। मलाई वास्तममा मज्जा आयो। यो मेरा लागि निकै कठिन खेल थियो।’
‘यो वास्तवमा मेरा लागि निकै प्रेरणादायी थियो। किनकी जब म सानो थिए, म तपाईको खेल हेर्ने गर्दथे। मैले धेरै सिकेको छु। त्यसैले तपाईलाई धन्यवाद।’ उनले भनिन्। एजेन्सी


























