भदौ २६ । टी-ट्वान्टी सिरिजमा जित निकालेको घरेलु टोली इङ्ल्यान्डले पहिलो एकदिवसीय अन्तर्राष्ट्रियअन्तर्गत आज (शुक्रबार) अस्ट्रेलियासँग खेल्दै छ।
दुई टोलीबीच आज हुने पहिलो एकदिवसीय नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ। ओल्ड ट्रा फोर्डमा हुने खेलमा जित निकाल्दै अस्ट्रेलिया एकदिवसीय सिरिजमा आफूलाई बलियो बनाउने योजनामा छ।
उता टी-ट्वान्टी सिरिज आफ्नो पक्षमा पारेको इङ्ल्यान्ड आजको खेलमा जित निकाल्दै एकदिवसीय सिरिजमा पनि आफूलाई बलियो बनाउने योजनामा छ।
सन् २०१९ को विश्वकपपछि दुवै टिम पहिलोपटक खेल्न लागेका हुन्। विश्वकपको दुई भेटमा दुवैले एक/एक जित निकालेका थिए।
Facebook Comments


























