काठमाडौं, भदौ २६ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। बुधबार र बिहीबार बढेको सुन शुक्रबार ३ सयले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन तोलाको ९६ हजार ५ सय रुपैयाँ कायम गरेको छ। हिजो तोलाको ९६ हजार ८ सय रुपैयाँ थियो।
यस्तै तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९६ हजार कायम गरिएको छ। हिजो तोलाको ९६ हजार ३ सय रुपैयाँ थियो।
यसैगरी चाँदीको भाउ पनि घटेको छ। हिजोको तुलनामा आज तोलामा १५ रुपैयाँले चाँदीको मूल्य घटेको हो। महासंघले आजका लागि चाँदीको मूल्य तोलाको १ हजार ३१० रुपैयाँ कायम गरेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहेको छ।
Facebook Comments


























