बुटवल, भदौ २६ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक जना संक्रमितको मृत्यु भएको छ।
नवलपरासी पश्चिमको सुस्ताका ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालले जारी गरेको विज्ञप्तिमा उपचाररत सुस्ता गाउंपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको जनाइएको छ।
भदौ १९ गते कोरोना पोजेटिभ रिपोर्ट आएपछि अस्पताल भर्ना भइ आईसीयूमा उपचाररत उनको शुक्रबार बिहान ११ बजे मृत्यु भएको हो। मृतक पुरुषमा कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो।
Facebook Comments


























