भदौ २५ । ‘सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)’ मा संलग्न आठ देशका विदेशमन्त्रीहरु बिहीबार रुसको राजधानी मस्कोमा जम्मा भएका छन्।
एससीओका विदेश मन्त्रीहरूको बैठकका लागि उनीहरु त्यहाँ जम्मा भएका हुन्। यसै क्रममा विभिन्न देशका विदेशमन्त्रीहरुबीच आपसी र द्विपक्षीय भेटवार्ता पनि हुने भएको छ।
हाल सो संगठनमा चीन, रुस, भारत, पाकिस्तान, काजकिस्तान, किर्गीस्तान, ताजकिस्तान, उज्बेकिस्तान सदस्य रहेका छन्।
भारत र पाकिस्तान पनि सो संगठनमा सन् २०१७ देखि सदस्य भएका हुन्। यस बैठकका लागि भारतीय विदेशमन्त्री एस जयशंकर र उनका पाकिस्तानी समकक्षी साह मोहम्मद कुरेसी पनि सहभागी भएका छन्।
भारत र चीनका बीचमा पछिल्लो समयमा सीमा विवाद चर्किदै गइरहेका बेला विदेश मन्त्रीहरूका बीचमा हुन लागेको यस भेटवार्तालाई महत्त्वका साथ हेरिएको छ। एजेन्सी
Facebook Comments


























