रौतहट, भदौ २५ । प्रहरीले नेपाली एक किशोरीलाई मध्यराति भारततर्फ लैजादै गर्दा ६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहका अनुसार प्रहरी चौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका –७ चिरान चोकबाट राति १ बजे पक्राउ गरेको हो।
पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका– ५ की यादव थरकी १८ वर्षीया किशोरीसहित मौलापुर नगरपालिका– ८ का २० वर्षीय अनिल पटेल, २० वर्षीय दीपेन्द्र पटेल, वडा नं ५ का १९ वर्षीय अरविन्द ठाकुर, २० वर्षीय धनञ्जय तिवारी, १७ वर्षीय दीपेश यादव र २२ वर्षीय रामबालक पटेल छन्।
अहिले घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
Facebook Comments


























