भदौ २५ । प्रिमियर लिग क्लब फुलहमले फ्रान्सका अन्तराष्ट्रिय गोलकिपर अल्फोन्स अरोलालाई अनुबन्धन गरेको छ।
यसै सिजन प्रिमियर लिगमा बढुवा भएको फुलहमले अरोलालाई पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट लोनमा अनुबन्धन गरेको हो।
२७ बर्षका अरोलाले गत सिजन लोनमा रियल मड्रिडमा बिताएका थिए। र उनले ९ पटक खेल्ने मौका पाएका थिए। जसमा दुई च्याम्पियन्स लिगको खेल समेत रहेको छ।
‘म धेरै खुसी छु, सबै कुरा पुरा भएको छ।’ उनले भने, ‘म्यानेजर ९स्कट पार्कर०ले मलाई बोलाए। मैले निकै राम्रो महशुश गरे। उनले मलाई चाहेको कुरा बताए।’
‘फुलहम एतिहासिक क्लब हो। मैले यस मैदानको बिषयमा धेरै सुनेको छु।’ उनले थपे।
उनले फ्रान्सबाट ३ पटक खेलेका छन्। फ्रान्सले सन् २०१८ मा विश्वकप जित्दा उनलाई टिममा प्रयोग गरिएको थिएन।
‘आशा गरौ, यो सिजन हाम्रा लागि निकै राम्रो हुन्छ। म मेरो शक्ति लिएर आउनेछु। र टिमको लक्ष्य प्राप्तिका लागि सबै चिज दिन चाहन्छु।’ उनले भने।
फुलहमका मालिक टोनी खानले भने, ‘अरोला निकै अनुभवी र उच्च स्तरका खेलाडी हुन्।’
‘उनले फ्रान्सको राष्ट्रिय टिमबाट खेलेका छन्। उनले पीएसजीबाट लिग उपाधि जितेका छन्। उनले गत सिजन रियल मड्रिडबाट पनि खेले। ला लिग उपाधि समेत जिते।’ उनले भने।
‘उनलाई जोड्न पाउँदा हामी धेरै खुसी छौ। उनी टिममा महत्वपूर्ण हस्ताक्षरकर्ता हुन्।’ उनले थपे। एजेन्सी


























