चितवन, भदौ २५ । चितवनमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पतालको कोभिड-१९ ल्यावमा गरिएको परीक्षणमा भरतपुरका १३ जना र रत्ननगरका एक जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार राति १२ बजे आएको रिपोर्ट अनुसार भरतपुरका १३ जनामध्ये ७ जना पुरूष र ६ जना महिला छन्। उनीहरू २१ देखि ७० वर्ष उमेर समूहका छन्।
यस्तै रत्ननगरका २ कि २४ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको प्रयोगशालाकी प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन्।
Facebook Comments


























