काठमाडौं, भदौ २२ । काठमाडौंको बुद्धनगरस्थित एक सैलुनका सञ्चालक सैलुनभित्रै मृत अवस्थामा फेला परेका छन्।
महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा प्रमुख डीएसपी दक्षबहादुर बस्नेतका अनुसार न्यू मनोकामना हेयर ड्रेसरका सञ्चालक ३७ वर्षीय अशोक ठाकुर सैलुनभित्रै मृत अवस्थामा फेला परेका हुन्।
सोमबार बिहान सवा ९ बजेतिर उनको शव भेटिएको डीएसपी बस्नेतले जानकारी दिए।
प्रहरी पुग्दा उनको शैलुनको आधा सटर खुलेको थियो। मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
शव पोस्टमार्टमका लागि भक्तपुर अस्पताल दुवाकोट लगिएको छ।
Facebook Comments

























