चितवन, भदौ २२ । चितवनमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको हो।
अस्पतालले एक विज्ञप्ती मार्फत भदौ २१ गते परीक्षण शुरु गरिएका ४०५ वटा स्वाबमध्ये ४३ वटामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो। यस्तै ३६२ जनाको भने कोरोना नेगेटिभ देखिएको छ ।
नयाँ थपिएका संक्रमित मध्ये ३३ जना चितवनका छन्। यस्तै नवलपुरका ३ जना, रौतहटका २ जना, धनुषा, अर्घाखाँची, झापा, पर्सा, कपिलवस्तु र सुनसरीका एकएक जना रहेको अस्पतालले जनाएको छ।

Facebook Comments


























