मनिला, भदौ २२ । फिलिपिन्सको मनिलामा ६.३ म्याग्निच्युडको भूकम्प गएको समाचारमा जनाइएको छ।
फिलिपिन्सको तटीय क्षेत्रमा आइतबार गएको सो भूकम्पको कम्पन निकै ठूलो महसूस गरिएको युरोपियन मेडिटेरिन सिस्मोलोजिकल सेन्टरले जानकारी दिएको छ।
उक्त भकम्पको केन्द्रबिन्दु फिलिपिन्सको डिगोस भन्ने शहरबाट करिब ७५ किलोमीटर टाढा रहेको बताइएको छ। करिब ११४ किलोमीटर जति गहिराइसम्म त्यस भूकम्पको केन्द्र बिन्दु रहेको पनि सो केन्द्रको प्रारम्भिक सर्वेक्षणले जनाएको छ।
भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन। त्यसैगरी सो भूकम्पपछि सुनामीको चेतावनीको सूचना पनि सरकारले दिएको छैन। एजेन्सी
Facebook Comments


























