भदौ २२ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट प्रर्दशनका बाबजुत जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सीपीएल) को लिग चरणको अन्तिम खेलमा पराजित बनेको छ।
आईतबार लिग चरणको आफ्नो अन्तिम खेलमा जमैका सेन्ट लुसिया जोउक्ससंग ११ रनले पराजित बनेको हो।
१ सय ४६ रनको लक्ष्य पछ्याएको जमैकाले ९ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो।
ओपनर ग्लेन फिलिप्सले ४९ रन बनाएको इनिङ्समा जेमेन ब्ल्याकवुड र निकोलास किटोनले समान २५ रन बनाए। चाडविक वाल्टनले १० रन जोड्न सके । अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।
जाहिन खान र जेवलिन ग्लेनले समान ३–३ विकेट लिए। केसरिक विलियम्सले एक विकेट झारे।
यसअघि पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो।
नजीबुल्लाह जादरानले ३५ रन बनाएको इनिङ्समा रहकेस कार्नवाल र रोस्टोन चेसले समान ३२ रन बनाएका थिए। मार्क दयालले १३ रन बनाए।
जमैकाका मुजिव उर रेहमानले २ विकेट लिए। सन्दीप लामिछानेले १ विकेट झारे। सन्दीपले ४ ओभर बलिङ गर्दै १ मेडन ओभर सहित २० रन खर्चिएर १ विकेट लिएका हुन्।
सन्दीपले समूह चरणका १० खेलमा १२ विकेट लिईसकेका छन्।
जमैका यसअघिनै सेमिफाइनल प्रवेश गरिसकेको छ। जमैकाले अब पहिलो सेमिफाइनलमा भोलि (मंगलबार) ट्रिबागो नाइट राइडर्ससंग प्रतिस्पर्धा गर्नेछ। एजेन्सी


























