भदौ २१ । अमेरिकी खेलाडी सेरेना विलियम्स यूएस ओपन टेनिसको अन्तिम १६ मा प्रवेश गरेकी छिन्।
न्युयोर्कमा शनिबार राति आफ्नै देशकी सलोनी स्टेफेन्सलाई हराएर सेरेना चौंथो चरणमा पुगेकी हुन्।
६ पटकको च्याम्पियन सेरेनाले पहिलो सेट भने २-६ ले गुमाएकी थिइन्।
तर, उत्कृष्ट पुनरागमन गर्दै सेरेनाले ६-२ र ६-२ को जित सहित अर्को चरणको यात्रा तय गरिन्।
३८ वर्षीय सेरेनाले ग्रिसकी मारिया साक्कारीसँग खेल्ने छिन्।
मारियाले अमेरिकी खेलाडी अमान्डा अनिसिमोभालाई ६-३ र ६-१ ले पराजित गरिन्।
पुरुषतर्फ विश्व नम्बर दुई डोमिनिक थिमले अन्तिम १६ मा स्थान बनाएका छन्।
अस्ट्रियाका थिमले क्रोएसियाका मारिन सिलिकलाई ६-२,६-२,३-६ र ६-३ को सेटमा पराजित गरे। एजेन्सी
Facebook Comments


























