भदौ २० । यूईएफए नेसन्स लिग फुटबलमा आज (शनिबार) विभिन्न ९ खेलहरु हुँदैछ।
नेसन्स लिगमा शनिबार साविक विजेता पोर्चुगल, इंग्ल्यान्ड, फ्रान्स, बेल्जियम, क्रोएसिया लगायतका राष्ट्रले प्रतिस्पर्धा गर्ने छन्।
पहिलो संस्करणको च्याम्पियन पोर्चुगलले क्रोएसियासँग खेल्दै नेसन्स लिगको सुरुवात गर्नेछ।
पोर्टोमा हुने पोर्चुगल र क्रोएसियाबीचको खेल नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ।
लिग ‘ए’ को समूह ३ मा रहेको पोर्चुगल घरेलु मैदानमा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ।
तर, विश्वकपको उपविजेता टिम क्रोएसियालाई हराउँन पोर्चुगललाई सहज भने छैन।
यसै समूहको अर्को खेलमा विश्व विजेता फ्रान्सले स्विडेनसँग खेल्नेछ।
स्विडेनको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति साढे १२ बजे हुनेछ।
इंग्ल्यान्डले आइसल्याण्डसँग उसैको मैदानमा खेल्नेछ। इंग्ल्यान्ड र आइसल्याण्डबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ।
यस्तै बेल्जियमले डेनमार्कसँग उसैको मैदानमा खेल्नेछ।
अन्य खेलमा जर्जियाले स्टोनिया, अजरबैजानले लक्जेमबर्ग, साइप्रसले मोन्टेनेग्रो,जिब्राल्टरले सान मारिनो र नर्थ मेसिडोनियाले अर्मेनियासँग खेल्नेछ। एजेन्सी



















![केपी शर्मा ओली : प्रधानमन्त्री [फाइल फोटो]](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2019/06/RoS_Ktm20190606IMG_13041073f.jpg?resize=150%2C150&ssl=1)






