धनगढी, भदौ २० । कञ्चनपुरको बंकमा कार्यरत प्रहरी जवानको मृत्यु भएको छ। शुक्रबार राति ड्यूटीमा खटिएका बेला ढलेर बेहोस भएका प्रहरी जवानको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको हो।
दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत डडेल्धुराको अजयमेरु गाउँपालिका २ घर भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरको शनिकार सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले शुक्रबार राति ५ नम्बर पोष्टमा ड्यूटीमा खटिएका ऐर एक्कासी ढलेर बेहोस भएका र उनलाई तत्कालै उपचारका लागि धनगढी ल्याईएकोमा शनिबार बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए।
Facebook Comments


























