पर्सा, २० भदौ । वीरगन्जमा थप एकजनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ।
नारायणी कोभिड अस्पतालमा उपचाररत पर्सा मेनपुरका ७५ वर्षीय वृद्धको शुक्रबार राति मृत्यु भएको अस्पतालका प्रवक्ता डा। अतुलेश चौरसियाले जानकारी दिए।
भदौं ५ गते अस्पताल भर्ना भएका उनमा निमोनिया साथै पुरानो टिबीको समस्या समेत रहेको अस्पतालले जनाएको छ।
Facebook Comments


























