भदौ १९ । यूईएफए नेसन्स लिग फुटबलमा आज (शुक्रबार) विभिन्न आठ खेलहरु हुँदैछ।
बिहीबारबाट सुरु नेसन्स लिग अन्तर्गत शुक्रबार इटाली, नेदरल्यान्ड्स, नर्वे, पोल्याण्ड लगायतका राष्ट्रले प्रतिस्पर्धा गर्ने छन्।
इटालीले नेसन्स लिगको पहिलो खेलमा बोस्निया एण्ड हर्जगोभिनासँग खेल्दैछ।
इटालीले बोस्नियासँग घरेलु मैदानमा खेल्नेछ । खेल नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ।
यस्तै नेदरल्यान्ड्सले पोल्याण्डसँग खेल्नेछ। नेदरल्यान्ड्सको घरेलु मैदानमा हुने खेल राति साढे १२ मा सुरु हुनेछ।
नर्वेले अष्ट्रियासँग घरेलु मैदानमै खेल्नेछ।
त्यस्तै स्कटल्याण्डले इजरायल, रोमानियाले नर्दन आयरल्याण्ड र बेलारुसले अल्बानियासँग खेल्ने छन्।
अन्य खेलमा स्लोभाकियाले चेक रिपब्लिक तथा लिथुनियाले कजाकिस्तानसँग खेल्ने छन्। एजेन्सी
Facebook Comments


























