भदौ १९ । अमेरिकी खेलाडी सेरेना विलियम्स यूएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छिन्।
न्युयोर्कमा बिहीबार राति रुसी खेलाडी मर्गारिटा गास्पर्यानलाई हराएर सेरेना तेस्रो चरणमा पुगेकी हुन्।
६ पटकको च्याम्पियन सेरेनाले रुसी खेलाडीमाथि ६-२ र ६-४ को सेटमा जित निकालिन।
३८ वर्षीय सेरेनाले अब आफ्नै देशकी सलोनी स्टेफेन्ससँग खेल्ने छिन्। उनी २०१७ को च्याम्पियन समेत हुन्।
‘उनी राम्रो खेलाडी हुन् उनले एकै लयमा खेल्छिन्।’ सेरेनाले स्टीफेन्सको बिषयमा भनिन्, ‘लाग्छ, उनले कुनै शक्ति लिएकी छैनिन्, तर उनी पाँच पटककी विजेता हुन्। यो सजिलो हुने छैन।’
बेलायती खेलाडी जोहान्ना कोन्टा भने बाहिरिएकी छिन्। दोस्रो चरणमा कोन्टा रोमानियाकी सोरोना क्रिस्टियासँग २-६, ७-६ ९७-५० र ६-४ ले पराजित भईन्।
पुरुषतर्फ एन्डी मर्रे दोस्रो चरणबाट बाहिरिएका छन्।
बेलायती मर्रे क्यानडाका फेलिक्स अगरसँग ६-२,६-३ र ६-४ को सेटमा पराजित भए।
अष्ट्रियाका डोमिनिक थिमले तेस्रो चरणमा स्थानम बनाएका छन्। उनले भारतका सुमित नागललाई ६-२,६-३ र ६-२ ले पराजित गरे। एजेन्सी


























